२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा पनि होन्डाको असेम्बल प्लान्ट

होन्डाका दुई पांग्रे सवारीको असेम्बल नेपालमै हुने भएको छ। होन्डा मोटरसाइकलको मुख्य बिजनेस युनिटका भाइस-प्रसिडेन्ट मिनोरू काटोले भैरहवामा होन्डाको ‘असेम्बल प्लान्ट’को उद्घाटन गरेका छन्।

१५० करोडको लगानीमा खोलिएको प्लान्टले दुई लाख स्क्वायर फुटको क्षेत्रफल ओघटेको छ। प्लान्ट एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्न सक्ने क्षमताको रहेको कम्पनीले बताएको छ।

होन्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङका अनुसार नवस्थापित असेम्ब्ल प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटोमार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङको सेवा झन सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको छ।

प्रकाशित: २५ फाल्गुन २०८० ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App