१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ई सेवा लाइफ केयर योजना सार्वजनिक

ई सेवाले ई सेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरिएको ई सेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवन बिमा हुने गरी ई सेवा लाइफ केयर योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ई सेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज हो। जसले पाँच लाख ३० हजारसम्मको जीवन बिमाको ग्यारेन्टी गर्छ।

जीवन बिमा योजना सन् लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन हुने भएको छ। कम्पनीका अनुसार सो योजनामा ई सेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुट समेत समावेश गरिएको छ।

योजनामा वार्षिक ६ सयदेखि सुरुवाती मूल्यमा पाँच लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ। साथै सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मदत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ फाल्गुन २०८० ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App