२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाथिभरा एड्भर्टाइजिङ दशौं वर्षमा प्रवेश

इटहरीको पाथीभरा एड्भर्टाइजिङ दशौं वर्षमा र पाथीभरा जब लिंक पाँचौ वर्षमा प्रवेश गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भर्टाइजिङ र पाथीभरा जब लिंकप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यम, कर्मचारी एवं शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन्।

पाथीभरा जब लिंकले रोजगारी प्रदान गर्न सहयोग गर्दै आएको र एड्भर्टाइजिङले कोसी प्रदेशमा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापनको काम गर्दै आएको छ। आगामी दिनमा समेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरूत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने उनले बताए।

प्रकाशित: ३ फाल्गुन २०८० ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App