४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

शान्तिवनमा चन्द्रमाको चट्टान प्रदर्शन हुने

फाइल तस्बिर।

सुनसरीको वर्जु सितागञ्ज स्थित एभरेष्ट साईन्स सेन्टर (शान्तिवन) मा चन्द्रमाको चट्टान प्रदर्शनी हुने भएको छ। चट्टान नयाँ वर्षको उपलक्षमा वैशाख ३ गतेदेखि प्रदर्शनमा राखिने शान्तिवनले जनाएको छ।

एपोलो–१७ बाट चन्द्रमामा पुगेका अन्तरिक्ष यात्री ज्याक स्मितले ल्याएको ‘मेयर वसाल्ट’ नामको चट्टान प्रदर्शन गर्न लागिएको हो।

शान्तिवनका सञ्चालक दिलीप अधिकारीका अनुसार अन्तरिक्षबारे चासो राख्ने व्यक्तिहरू र विद्यार्थीहरूलाई अन्तरिक्ष यात्रा तथा चद्रमाका विषयमा जानकारी दिने उद्देश्यले चन्द्रमाबाट ल्याएको चट्टान प्रदर्शन गर्न लागिएको हो।

शान्तिवनमा प्रदर्शन गर्न लागिएको चन्द्रमाको चट्टान अमेरिकाको अन्तरिक्ष संस्था नासासँग साँढे ६ महिना सम्मका लागि शान्तिवनमा प्रदर्शन गर्न सम्झौता गरिएको अधिकारीले बताए।

शान्तिवनमा प्रदर्शन गरिने चट्टान १२० ग्राम तौलको रहेको छ। शान्तिवनमा आयोजना हुने प्रदर्शनीमा सहभागी हुन र दर्शकहरूलाई अन्तरिक्षकारबारेमा प्रस्तुति दिन नासाका वरिष्ठ वैज्ञानिकसमेत नेपाल आउने सञ्चालक अधिकारीले बताए।

यस अघि सन् २०१३ मा शान्तिवनमा चन्द्रमाको चट्टान दुई महिनासम्म प्रदर्शनी गरिएको थियो।

प्रकाशित: १ फाल्गुन २०८० १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App