७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको डबल मजा प्याक: बोनसको रूपमा डबल डेटा पाइने

एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन्। ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको हो।

यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको कर सहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २ सय रुपैयाँमा ८ जीबी डेटा लिन सक्छन्। त्यसैगरी ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन्।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन्। उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछन्।

डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गर्न सक्छन्। साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ।

थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रही रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ। 

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन्।

७ दिन भ्यालिडिटी भएका १५० रुपैयाँ र सय रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ।

यसैबीच एनसेलले कर सहित २२० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन्।

प्रकाशित: २४ माघ २०८० १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App