२१ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलको इण्डिया रोमिङ प्याक: छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ।

यो प्याक सुचारु गरि ग्राहकहरुले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै आफन्तहरूसँग सम्पर्कमा रहन सक्ने एनसेलले जनाएको छ।

एनसेलका अनुसार कर सहित १०० रुपैयाँमा मा यो रोमिङ् प्याक सुचारु गर्न र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ। यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। 

यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५ सय एमबी डेटा पाउँनेछन् र भ्वाइस र एसएमएस सेवा शुल्कमा भारी छुट पाउन सकिने कम्पनीले जनाएको छ।

यो प्याक शुक्रबार (माघ १९) बाट संचालनमा आएको हो। यो प्याकले सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने बताइएको छ। 

त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्त्व राख्ने कम्पनीको विश्वास छ।

ग्राहकहरुले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्नेछन्। त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ।

यो प्याक लिने बित्तिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुने र ग्राहकले तत्कालै ५ सय एमबी डेटा पाउँनुका साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउछन्। यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ रुपैयाँमा प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्।

साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रुपैयाँमा एसएमएस पठाउन सकिन्छ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्नेछन्।

यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्ने एनसेलले बताएकाे छ। 

सबै भारतीय सेवा प्रदायकहरूसँग आफूले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्‍याउने एनसेलले विश्वास लिएको छ।

प्रकाशित: २३ माघ २०८० १९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App