१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको सेवा गुणस्तरीय

नेपाल टेलिकमको प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले कम्पनीका सेवाहरूलाई अविछिन्न रूपमा गुणस्तर कायम राख्दै आएको बताएकी छिन्।

नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले विभिन्न समयमा आइपरेका बाधा, अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीले गुणस्तर कायम गरेको बताएकी हुन्।

हाल टेलिकमले ७७ वटै जिल्लामा ताररहित फोरजी एलटिई प्रविधिमा आधारित मोबाइल र डेटा सर्भिस तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएको छ।

हाल कम्पनीमा दुई करोड १८ लाखभन्दा बढी ग्राहक र मुलुकको अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी प्रबन्ध निर्देशक अर्यालले दिइन्।

प्रकाशित: २३ माघ २०८० ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App