४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिप्लाले नेपालमा लन्च गर्‍यो ‘स्पाइरोफी’, के-के छन् विशेषता ?

विश्वव्यापी औषधि कम्पनी सिप्ला लिमिटेडले न्युमोटेकमा आधारित पोर्टेबल, वायरलेस स्पिरोमिटर ‘स्पाइरोफी’ नेपालमा लन्च गरेको छ। यसले नेपालमा अबस्ट्रक्टिभ एयरवे डिजिज (ओएडी) पहिचान र निदानमा क्रान्ति ल्याउने विश्वास कम्पनीले लिएको छ।

यससँगै विश्वव्यापी रुपमा नै श्वासप्रश्वास स्वास्थ्यमा सिप्लाको नेतृत्वदायी भूमिका थप सुदृढ हुने बताइएको छ। इन्टरनेशनल जर्नल अफ क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज २०२१ अनुसार नेपालमा सीओपीडीको प्रकोप दर अनुमानित ११.७ प्रतिशत छ।

नेपालमा नसर्ने रोगको बोझमध्ये ४३ प्रतिशत सीओपीडीका बिरामी छन् र यसका कारण अस्पतालमा भर्ना हुनेहरूको दर २.५६ प्रतिशत रहेको छ।

सिप्लाको स्पाइरोफीले देशभरका डाक्टरहरूलाई अझ विशेष गरेर नेपालका ग्रामीण र दुर्गम क्षेत्रका बिरामीहरूको प्रारम्भिक पहिचान र निदान गरेर जीवनस्तरमा नै सुधार गर्न मद्दत गर्ने कम्पनीको भनाई छ।

स्पाइरोमेट्री सीओपीडी पहिचान र निदानका लागि उत्कृष्ट मानक हो। यद्यपि यसको ठूलो आकार, जटिल कार्यक्षमता, र स्पिरोमिटरहरूको नियमित मर्मत सम्भार गर्नुपर्ने आवश्यकताका कारणले यसको व्यापक प्रयोगमा अड्चन सिर्जना गरेको थियो।

नेपालमा सीओपीडीका बिरामी कम निदान हुनु वा गलत निदानका घटनाहरू पनि देखिएका छन्। स्पाइरोफी राम्रो ब्याट्री ब्याकअपको साथ पूर्णतया वायरलेस छ। जसले गर्दा विद्युत्को राम्रो पहुँच नभएका दुर्गम स्थानमा हुने स्वास्थ्य शिविरहरूमा प्रयोगको लागि उपयुक्त छ।

चिकित्सकहरूले यसलाई बिना कुनै झन्झट सजिलै प्रयोग गर्न सक्छन्। यसले वास्तविक समयमै वायरलेस थर्मल प्रिन्टरमार्फत रिपोर्टहरू दिन्छ। यसमा ब्याक्टेरियल तथा भाइरल फिल्टरहरू प्रयोग गरिएका कारण यो पूर्ण रुपमा सुरक्षित छ।

सिप्लाले स्पाइरोमेट्रीका परिणामहरूको व्याख्या गर्न चिकित्सक र प्राविधिकहरूलाई प्रशिक्षण समेत दिनेछ। 

सिप्लाका प्रबन्ध निर्देशक एवम् ग्लोबल प्रमुख कार्यकारी अधिकृत उमंग बोहराले भने, ‘६ दशकभन्दा बढी समयदेखि, सिप्लाले भारत लगायतका प्रमुख बजारमा लाखौं मानिसको फोक्सोलाई स्वास्थ्य राख्नुका साथै जीवन जोगाउने सुलभ औषधिका साथै उपकरणको पहुँच पुर्‍याएको छ। हामी यस प्रयासमा निरन्तर समर्पित छौं, र नेपालमा स्पाइरोफीको आगमन हुनु एउटा महत्त्वपूर्ण प्रगति हो।’

सिप्लाले २०२१ मा स्पाइरोफीलाई सीओपीडीबारे चेतना जगाउनुका साथै प्रारम्भिक निदानलाई बढवा दिने सोचका साथ भारतमा लन्च गरेको थियो।

सिप्ला १९३५ मा स्थापित एक विश्वव्यापी औषधि कम्पनी हो। यो भारत, दक्षिण अफ्रिका, उत्तर अमेरिकाका साथै विश्वका विभिन्न उदीयमान बजारहरूमा केन्द्रित छ।

श्वासप्रश्वास, एन्टी-रेट्रोभाइरल, यूरोलोजी, कार्डियोलोजी, एन्टी-इन्फेक्टिभ र सीएनएसमा सिप्लाकाे औषधीहरू परिचित छन्।

सिप्ला भारतमा औषधी उत्पादन गर्ने तेस्रो ठूलो कम्पनी हो। साथै,दक्षिण अफ्रिकाको फार्मा बजारमा तेस्रो ठूलो हो, र आठ दशकभन्दा बढी समयदेखि अमेरिकामा सबैभन्दा धेरै वितरण गरिएका जेनेरिक औषधीमध्ये एक हो।

प्रकाशित: २२ माघ २०८० १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App