साताको दोस्रो कारोबार दिन सोमबार सेयर मापन गर्ने परिसूचक नेप्से कारोबार बन्द हुने बेला आश्चर्य ढंगले दोहोरो अंकले बढेको छ।
सोमबार दिनभरजसो उतारचढाव भएको नेप्से परिसूचक कारोबार बन्द हुने बेला भने १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको छ। सोमबार १४८ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो। १३ कम्पनीको सेयर स्थिर रह्यो।
सोमबार ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँको सेयर कारोबार भयो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीनवटै सूचक बढेर हरियाली छार्यो। सेन्सेटिभ सूचक ५.९५ अंकले बढ्यो भने फ्लोट सूचक पनि ०.४९ अंकले बढ्यो। त्यसैगरी सेन्सेटिभ फ्लोट सूचक पनि ०.८८ अंकले बढेको छ।
नेप्सेका १३ उपसमूहमध्ये सोमबार ९ उपसमूह बढ्यो भने चार उपसमूह घट्यो। सोमबार सबैभन्दा धेरै बढ्ने उपसमूहमा अन्यतर्फको उपसमूह रह्यो। सो उपसमूह ८२.६२ अंकले बढेको छ। त्यसैगरी विकास बैकतर्फको उपसमूह पनि २५.९९ अंक र जीवनबीमातर्फको उपसमूह पनि १९.५५ अंकले बढेको छ।
सोमबार सबैभन्दा धेरै घट्ने उपसमूहमा निर्जीवनबीमा रह्यो। सो उपसमूह ४४.२२ अंकले घटेको छ। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसमूह ११.१३ अंक र उत्पादन तथा प्रशोधनतर्फको उपसमूह पनि ५.३० अंकले घटेको छ। त्यसैगरी म्युचुअल फण्डतर्फको उपसमूह पनि ०.०१ अंकले घट्यो।
सोमबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी र पिपुल्स पावर कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
त्यसैगरी समाज लघुवित्त कम्पनीको सेयर ९.९९ प्रतिशत र जोशी हाइड्रोपावर कम्पनीको सेयर पनि ९.९६ प्रतिशतले बढेको छ। सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा स्वाभिमान लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ६.७८ प्रतिशतले घट्यो।
त्यसैगरी विशाल बजार कम्पनीको सेयर ५.३६ प्रतिशत र चन्द्रागिरी हिल्स कम्पनीको सेयर पनि ३.८३ प्रतिशतले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा झरेको थियो। सो दिन आइतबार १३२ कम्पनीको सेयर घट्यो भने १०४ कम्पनीको सेयर बढ्यो। ११ कम्पनीको सेयर स्थिर रह्यो।
आइतबार ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ रुपैयाँको सेयर कारोबार भएको थियो।
प्रकाशित: २२ माघ २०८० १५:४० सोमबार





-600x400.jpg)