१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

लक्ष्मी सनराइज बैंकको ओरेन्ज एनएक्सटी सेवा

लक्ष्मी सनराइज बैंकले ओरेन्ज एनएक्सटी सेवाको थालनी गरेको छ। बैंकले आधुनिक बैंकिङको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको हो।

एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको सो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ।

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल–बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्नेछ।

ग्राहकको बदलिँदो आवश्यकताअनुकूल बैंकिङ सेवा दिने बैंकको प्रतिबद्धतालाई सो पहलले टेवा पुर्‍याउने बताएको छ।

प्रकाशित: १२ माघ २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App