८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

जमिनमुनि पानी पुनर्भरण प्रणाली हस्तान्तरण

कोकाकोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा जमिनमुनि पानी पुनर्भरण प्रणाली (ग्राउन्डवाटर रिचार्ज सिस्टम) सफलतापूर्वक कार्यान्वयन गरेको छ।

काठमाडौं महानगरपालिका १६ बालाजु पार्कमा जडान गरिएको जमिनमुनि पानी पुनर्भरण प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ।

सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको सो परियोजना माघ ५ गते सम्पन्न भएको थियो। यस पानी पुनर्भरण प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक  ड्यामहरू रहेका छन्।

परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो।  

प्रकाशित: ११ माघ २०८० ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App