५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिमरामा इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखा पुगेका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरे।

कार्यक्रममा सिइओ पाण्डेले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए।

उनले बैंकिङ सेवाको पहुँच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरूलाई बैंकिङ सुविधा सहज रूपमा उपलब्ध हुने बताए। हाल बैंकले दुई सय ६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ।

प्रकाशित: २७ पुस २०८० ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App