८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

नयाँ वर्षमा सिट्रोनको ‘न्यु इयर बोनान्जा’

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकले सिट्रोन सी ३ (पेट्रोल भर्जन) र सिट्रोन इसी ३ (विद्युतीय भर्सन)मा नगद छुट लगायत अन्य फाइदाहरू प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्सन सिट्रोन सी ३ मा दुई लाख र विद्युतीय भर्सन सिट्रोन इसी ३ मा एक लाखसम्मको लाभ पाउनेछन्। साथै नयाँ वर्षको विशेष उपहारका रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बिमा र निःशुल्क कार वास पाउन सक्नेछन्।

यसबाहेक ग्राहकले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्नेछन् जसले ग्राहकको नयाँ वर्षमा नयाँ उमंग थप्ने विश्वास कम्पनीको छ।

प्रकाशित: १५ पुस २०८० ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App