७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नारायणीमा नयाँ पुल बनाउन सुरु

फाइल तस्बिर

नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ। पुलको नक्सांकन कार्य भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ।

पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ। पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ। उक्त कम्पनीलाई एक अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा नक्सांकनसहितको निर्माणको ठेक्का दिइएको हो।

गएको जुन २ मा ४८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको हो। निर्माण कम्पनीका परियोजना प्रमुख मञ्जिल मिश्रका अनुसार कामलाई तीव्र गतिमा अघि बढाइएकाले चैत मसान्तसम्ममा शिलान्यास गरेर काम अघि बढाइने तयारी छ। उनले भने ‘बर्खामा काम गर्न अप्ठ्यारो हुने भएकाले चैतसम्ममा नक्सांकनको काम सकेर निर्माण थाल्ने तयारीमा छौं।’

पुल निर्माणका लागि भरतपुर महानगरपालिकाले पहल गर्दै आएको थियो। महानगर प्रमुख रेनु दाहालले तोकिएको समयभित्र पुल सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताइन्। बर्खामा भुइँको काम गर्न कठिन हुने भएकाले यही हिउँददेखि काम थाल्न सकिएमा वर्षायाममा काम गर्न सहज हुने उनले बताए। –रासस

प्रकाशित: १४ पुस २०८० ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App