७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई दुई लाख सहयोग

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पालाई पूर्वविद्यार्थीद्वारा दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ।

नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले आफ्ना स्व हजुरबुबा लोकनाथ पोखरेल र बुबा ज्ञानेश्वर पोखरेलका नाममा दुई लाख एक हजार एक सय ५५ रूपैयाँबराबरको रकम सहयोगस्वरूप अक्षयकोष स्थापना गर्न विद्यालयलाई हस्तान्तरण गरे।

सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रूपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता पोखरेलले बताए। यस विद्यालयमा हालसम्म २० लाख ५८ हजार २५५ रुपैयाँबराबरको रकम अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए।  

विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक, धार्मिक क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने गरिएको छ।

अन्य अक्षयकोषबाट विद्यालयमा अध्ययनरत जेहेनदार, विपन्न, असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरूप प्रदान गरिँदै आइएको छ। विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउँछन्।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत कक्षा नर्सरीदेखि २ सम्म दुई सय विद्यार्थी अध्ययनरत रहेको, हाल दुईवटा स्कुल बस सेवा रहेकोमा एकवटा थप गरी तीनवटा स्कुल बस सेवा सञ्चालन गर्ने योजना रहेको छ।

करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा एक सय नौ शिक्षक कर्मचारी कार्यरत छन्। प्राविधिक धारतर्फ तीनवर्षे कृषि बाली विज्ञान विषयमा पठनपाठन भइरहेको छ। –रासस

प्रकाशित: २ पुस २०८० ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App