२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र साह

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख) को जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो ।

नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए। ‘थानी जीले राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो,’ रिजालले भने, ‘वरिष्ठताका आधारमा साहलाई निमित्तको जिम्मेवारी तोकिएको हो।’ आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकारसहित साहले निमित्तको जिम्मेवारी पाएका हुन्। निमित्त भएको बेला दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने प्रचलन भने छैन।

निगमको नायब कार्यकारी निर्देशक पदमा कार्यरत साह सबैभन्दा वरिष्ठ कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट साह निगमको अर्थ विभागको नेतृत्व गर्दै आएका छन्। उनले अर्थसँगै मानव संसाधन विभागको नेतृत्व समेत गरिसकेका छन्। उनी निगमभित्र विवादमा नआएका बरिष्ठ तहका कर्मचारी हुन्।

प्रकाशित: २ पुस २०८० ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App