२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको अध्यक्षमा ढकाल निर्वाचित

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन्। बिहीबार सम्पन्न बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन्। साधारणसभाबाट संस्थापक सेयरधनीहरूमध्येबाट अध्यक्ष ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण सेयरधनीका तर्फबाट नारायणप्रसाद पौडेल उपाध्याय, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरूलाई शपथ गराउनेछन्।

प्रकाशित: २९ मंसिर २०८० ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App