७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलले गुणस्तरीय सेवा दिने

एनसेलले डिजिटल नेपाल भिजनको लक्ष्य हासिल गर्न योगदान गर्न प्रतिबद्ध रहेको बताएको छ। एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मूलका लगानीकर्ताले लिने सम्झौता भएसँगै आम नेपाली उपभोक्तालाई आधुनिक रउच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको हो।

कम्पनीले विज्ञप्ति जारी गर्दै सम्पूर्ण परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ डोर्‍याउने जनाएको छ।

यस्तै सेयर धनी सतीशलाल आचार्यले आजिएटाले रेनोल्ड्स होल्डिङ्समा रहेको आफ्नो सेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको रस्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिधीमध्येबाट पहिलो भई छानिएको बताए।

उनले सेयर कारोबारको मूल्य तथा संरचना इच्छुक क्रेताविक्रेतामार्फत निर्धारण गरिएको र सहमति भएको सम्झौता ढाँचा अनुसार आजिएटाले बेस पेमेन्टबाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभ नाफा बाँडफाँटको रूपमा प्राप्त गर्नेछ।

यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको उल्लेख गर्दै आचार्यले कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने बताए।

प्रकाशित: २४ मंसिर २०८० ०३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App