२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारद्वारा स्वीकृति

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ।बंगलादेश सरकारले भारतको पावरग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बंगलादेशको सञ्चारमाध्यमले जनाएका छन्। 

बंगलादेशको अंग्रेजी अनलाइन सञ्चारमाध्यम दि डेलीस्टार डट नेटका अनुसार बंगलादेशको क्याविनेट कमिटि अन इकोनोमिक्स अफियर्सले बंगलादेश पावर डेभलपमेन्ट बोर्डको माध्यमबाट नेपालको बिजुली भारतको पावरग्रिडमार्फत खरिद गर्ने निणर्य गरेको हो।कमिटिको निणर्य अनुसार बोर्डले डाइरेक्ट पर्चेस मेथडबाट विद्युत् खरिद गर्ने बताइएको छ।कति मूल्य भने अझै टुंगो लागेको छैन।  

गत जेठ २ गते बंगलादेशमा बसेको दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको थियो।नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमति भएको थियो।

सो बैंठकमा नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति पनि भएको थियो।४० मेगावाट बिजुली परीक्षणस्वरुप लैजाने सहमति २०७९ भदौमै नेपाल र बंगलादेशबीच सहमति भएको थियो।

प्रकाशित: २१ मंसिर २०८० १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App