१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

युनिलिभर नेपालद्वारा एक करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुममा गएको भूकम्पमा परी पीडित भएका परिवारलाई राहत दिन सहयोग गरेको हो।

सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनः स्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ योगदान गरेको छ। कम्पनीका सञ्चालक तथा अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार चेक हस्तान्तरण गरेका छन्।

प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका राहत सामग्री यस अघि प्रदान गरेको थियो। मानवीय तथा भौतिक क्षतिले हुने पीडा कम गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App