१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गाडी किन्नेका छोराछोरीलाई छात्रवृत्ति पनि

काठमाडौं – अग्नी फाउन्डेशनले महिन्द्रा बोलेरो पिकअप गाडीका ग्राहकहरुका लागि ‘उदय सदस्य’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत महिन्द्रा बोलेरो पिकअपका ग्राहकका छोराछोरीमध्येबाट एस.ई.ई. मा उत्कृष्ट अंक प्राप्त गरेका २५ जना छात्रछात्राहरुलाई पुरस्कृत गरिएको सो संस्थाले जनाएको छ । 
छात्रवृत्ति कार्यक्रममा अग्नि फाउन्डेशनले उदय सदस्यहरुलाई दुई लाख रुपैयाँको निःशुल्क दुर्घटना बीमा, लुब्रिकेन्ट तथा स्पेयर पार्ट्सहरुको खरिदमा १५ प्रतिशत छुट, निःशुल्क रुपमा मोबाइल रिचार्ज कार्ड जस्ता सुविधा दिइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अग्नि ग्रुपका प्रबन्धक अर्जुन शर्माले महिन्द्रा गाडी विक्रीमा मात्र केन्द्रित नभई ग्राहकको आर्थिक एवं व्यक्तिगत विकासका लागि पनि विशेष योगदान गर्दै आएको बताए ।
अग्नी फाउन्डेशन महिन्द्रा युटिलिटि भेइकलको आधिकारिक बिक्रेता अग्नि अन्तर्गतको गैर नाफामूलक शाखा हो । सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजु अटो वर्क्‌स प्रा.लि. र अग्नि फाउन्डेशन छन् । 

 

प्रकाशित: २ पुस २०७४ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App