१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सानिमा बैंकले ल्यायाे ‘दराज ११ः११’ योजना

सानिमा बैंकले ‘दराज ११ः११’ योजनामा ग्राहलाई विशेष छुट दिन दराजसँग सहकार्य गर्ने भएको छ। योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन्।

बैंकका अनुसार ग्राहकले डेबिड कार्डबाट भुक्तानी गर्द १५ प्रतिशत वा अधिकतम् दुई हजार रूपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २५ सयसम्मको छुट प्राप्त गर्नेछन्।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिलेको आधारमा छुट दिइने छ। ग्राहकले छुटका लागि भौचर संकलन गनुपर्ने बैंकले जनाएको छ। यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्नेछन्। योजना कात्तिक २५ देखि मंसिर ६ गतेसम्म लागु हुने बैंकले जनाएको छ।  

प्रकाशित: २३ कार्तिक २०८० ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App