७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

एनसेलको लघु चलचित्र प्रतियोगिता

एनसेलले चलचित्र मार्फत दाजु–बहिनी, दिदी-भाइहरूको विशेष सम्बन्ध चित्रण गर्न भाइटीकाको थिममा लघु चलचित्र प्रतियोगिताको आयोजना गर्ने भएको छ।

यस प्रतियोगितामा आकर्षक कथा र प्रस्तुति मार्फत दर्शकलाई प्रेरित गर्ने खालको चलचित्र बनाउन सक्ने सबै इच्छुक व्यक्ति वा समूहले भाग लिन सक्ने एनसेलले जनाएको छ। यस प्रतियोगितामा सहभागी हुन इच्छुक सबैले दिदी-भाइको हृदयस्पर्शी सम्बन्धलाई तीनदेखि पाँच मिनेटसम्मको भिडियो अर्थात् चलचित्रमा सुन्दर ढंगमा प्रस्तुत गरेको हुनुपर्ने एनसेलले जनाएको छ।

भिडियोको कथामा एनसेलको सरप्राइज योजना, रिचार्ज, डेटा वा भोइस प्याक प्रयोगका बारेमा एक वा बढी तत्वहरू समावेश गरी ‘हामी तपाईंकै लागि’ विषयवस्तुको वरिपरि घुमेको हुनुपर्ने बताएको छ। यस प्रतियोगितामा प्रथम हुने व्यक्ति वा समूहले एक लाख रूपैयाँ दोस्रो हुनेले ७५ हजार रूपैयाँ र तेश्रो हुनेले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको भिडियो बुझाउने मिति कात्तिक २३ गतेसम्म थपिएको र विजेताहरू कात्तिक २९ गते भाइटीकाको दिन घोषणा गरिने बताइएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App