२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आशिष र आयुष्मान्को जोडी फाइनलमा

आशिष खड्का र आयुष्मान् घलेको जोडीले तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष डबल्समा आइतबार जित हात पारेको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आशिष र आयुष्मान्को जोडीले युगेन शेर्पा र शोभित गौचनको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा हराएको हो। पुरुष डबल्समै सक्षमविक्रम शाह र प्रितम परियारको जोडीले सुभास बस्नेत र देवआशिष रेउलेको जोडीलाई सीधा सेटमा ६–० र ६–१ ले हरायो।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आयुष्मान् घले, प्रदीप खड्का, निहालजंगबहादुर थापा, आशिष खड्का, निसान श्रेष्ठ, बोरिस अधिकारी, युगेन शेर्पा र ऋतिक राणा विजयी भए।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र अनिल साई तथा सुभास बस्नेत र सन्तोष खत्रीको जोडीले जित हात पारे। ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, निरेशबहादुर श्रेष्ठ र गोपाल मानन्धर, सुदर्शन विष्ट र राजु क्षत्री तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सफलता पाए।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, बाबुकृष्ण कार्की र राजेन्द्र भण्डारी, जीवन घिमिरे र सुदर्शन विष्ट तथा चन्द्र शाही र सोम लालचनको जोडी विजयी भए। यु–८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, रिधन श्रेष्ठ, साहंस बस्नेत र जिवश भट्टराईले आआफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाए।

सो स्पर्धाको गर्ल्समा निम्ति कुँवर, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ र तभिसी राणाले जित आत्मासात् गरे। यु–९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, भिरल अग्रवाल, निश्चल ज्ञवाली र आरित मल्लले जित हात पारे।

उक्त स्पर्धाको गल्र्समा समृद्धि खत्री, निर्गिमा लामा, जीवश्री भट्टराई, निम्ति कुँवर, आर्या पौडेल र नैरा घलेले जित निकाले। यु–१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, इब्हान भट्टराई, अर्याशराज पौडेल र आरित मल्लले सफलता प्राप्त गरे। यु–१२ ब्वाइज सिंगल्समा स्पन्दन उदास, सांज्ञा रोका, विश्वविभोर डल्लाकोटी र अर्याशराज पौडेलले जित हात पारे। त्यसै स्पर्धाको गर्ल्समा जेनिशा ज्ञवाली, शिभाली गुरुङ, आयुशा जिसी र साल्भी शेरचनले सफलता पाए।

प्रकाशित: २० कार्तिक २०८० ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App