१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति बिस्तार

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले महिला उद्यमी विकास समिति बिस्तार गरेको छ। सरु केसीको नेतृत्वमा आठ सदस्यीय महिला उद्यमी विकास समिति बिस्तार गरेको हो।

प्रदेशका महिला उद्यमीहरूको उत्थान गर्ने उद्देश्यका साथ समिति बिस्तार गरेको जानकारी उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले दिए। महिलाहरूलाई पनि प्रत्यक्ष रूपमा उद्योग, व्यापार, व्यवसायमा संलग्न गराउँदै उद्यमी बनाउने योजनाका साथ समिति बिस्तार गरेको बताए।

नवगठित समितिले अहिलेको अवस्थामा कोसी प्रदेशमा रहेका उद्यमी महिलाहरूको तथ्यांक संकलन गरी उनीहरू विकासमा सहयोग पुग्ने अध्यक्ष राउतले बताए।

महासंघका अध्यक्ष राजेन्द्र राउतको उपस्थितिमा सरु केसीको सभापतित्वमा नयाँ समिति बिस्तार भएको हो। समितिका सदस्यमा इलाम उद्योग वाणिज्य संघकी उपाध्यक्ष दिव्या भट्टराई, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान भण्डारी, इटहरी उद्योग वाणिज्य संघकी कार्यकारी समिति सदस्य मीना ढकाल आचार्य, विराटनगरकी सन्तोषी श्रेष्ठ र विराटनगरकी बेबी सिंहा चयन भएका छन्।

इटहरीकी गुडिढा पौडेल (दीक्षा), विराटनगरकी कविता बस्नेत सुवेदी र बुढीगंगाकी अञ्जु राई बस्नेत आमन्त्रित सदस्यमा चयन भए। समितिका सदस्यहरूलाई महासंघका अध्यक्ष राउतले प्रमाणपत्र प्रदान गरे। 

प्रकाशित: २९ आश्विन २०८० ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App