८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

गरिमा विकास बैंकद्वारा इएमआई सेवा

गरिमा विकास बैंकले क्रेडिट कार्डमा इएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ। विकास बैंकहरूमा गरिमा बैंकले पहिलो पटक उक्त सेवाको सुरुवात गरेको हो।

सेवाअन्तर्गत बैंकले सम्झौता गरेको बिक्रेताहरूसँग सामान खरिद गरी बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिनेछ। साथै, ग्राहक आफैंले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेश गरी यो सुविधा लिन चाहेमा सजिलै लिन सक्नेछ।

बैंकले आउँदै गरेको बडा दसैं तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले उक्त सुविधामार्फत लाभ उठाउन सक्नेछ। बैंकको सेवाले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्ने र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने विश्वास राखेको छ।

प्रकाशित: २१ आश्विन २०८० ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App