coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशमा मात्रै पर्यटनमा ५ खर्ब बढी लगानी

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उकासिन सकेको छैन । पछिल्लो समय पर्यटकीय सिजनमा पनि पाहुना नआएको गुनासो व्यवसायीले गर्न छाडेका छैनन् तर उनीहरूले पर्यटन क्षेत्रमा लगानी भने बर्सेनि थपिरहेका छन् । गण्डकी प्रदेशमा लगानीको मात्रा भने हरेक वर्ष तन्किदै गएको व्यवसायीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाका अनुसार गण्डकी प्रदेशको पर्यटन क्षेत्रको लगानी पाँच खर्ब रूपैयाँ नाघेको छ । हरेकवर्ष लगानी कम्तिमा १० प्रतिशत बढिरहेको उनले बताए । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले गरेको छलफलमा तथ्यांक प्रस्तुत गर्दै सापकोटाले भने, ‘पाहुनाविहीन भएको भन्ने गुनासो पर्यटन क्षेत्रको छ तर पर्यटनमा लगानी कुनै न कुनै रूपमा हरेक वर्ष बढेको बढ्यै छ । लगानी रोकिएको छैन ।’  

२०३ वटा ट्राभल एजेन्सी, १५९ वटा ट्रेकिङ एजेन्सी, ६५ वटा प्याराग्लाइडिङ कम्पनी, तीन वटा अल्ट्रालाइट कम्पनी रहेका छन् । त्यसैगरी टे«किङ इक्युपमेन्टका पसल ११५ वटा छन् । 

सापकोटा कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रको अध्ययन गर्न गण्डकी प्रदेश सरकारले बनाएको कार्यदलका एक सदस्य हुन् । उनका अनुसार सन् २०२० सम्मको अध्ययनका आधारमा पर्यटन क्षेत्रमा पाँच खर्ब रूपैयाँ लगानी अनुमान हो । यो लगानी अहिले अझै थपिने क्रममा छ तर त्यसपछि भने लगानीको आकलन गरिएको छैन । ‘ठूला लगानीका पूर्वाधार कोरोनाकालमै पूरा भएका छन्, त्यसले गर्दा पनि लगानीको आकार बढिरहेको छ,’ उनले भने, ‘घाटामै रहे पनि व्यवसायीहरू लगानी गर्न भने रोकिनै सकेनन् ।’

गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्रै करिब १० हजार ६ सय व्यवसायी संलग्न छन् । सापकोटाका अनुसार निजी क्षेत्रबाट अधिक लगानी गरिएको छ । करिब सातसय पर्यटकीय स्तरका होटल गण्डकी प्रदेशमा छन् । ती होटलमा झन्डै ४० हजार बेडसंख्या रहेको पनि उनले बताए । त्यस्तै पर्यटकस्तरीय रेस्टुरेन्टको संख्या १५० छ । २०३ वटा ट्राभल एजेन्सी, १५९ वटा ट्रेकिङ एजेन्सी, ६५ वटा प्याराग्लाइडिङ कम्पनी, तीन वटा अल्ट्रालाइट कम्पनी रहेका छन् । त्यसैगरी टे«किङ इक्युपमेन्टका पसल ११५ वटा छन् । ८७ वटा पर्यटकस्तरीय बस पनि सञ्चालनमा छन् ।  

‘पर्यटन क्षेत्रले झन्डै ७५ हजार जनालाई गण्डकी प्रदेशभित्र रोजगारी दिलाएको छ । पर्यटन हुँदैनथ्यो भने न यो आकारको लगानी जुट्ने थियो न त रोजगारी सिर्जना हुने थियो,’ सापकोटाले भने।

प्रदेशमा ३४१ होमस्टे, मनि चेन्जर ४२, र्याफ्टिङ एजेन्सी १२, बोड सेवा ५०२ र गार्मेन्टका ७५ वटा पसल पनि सञ्चालनमा छन् । ५३ वटा स्पा, टुरिष्ट बुक सपको संख्या १५ छ । त्यसैगरी ट्याक्सी, केवलकार, हट एयर बेलुन, जीपलाइन, बञ्जीजम्प लगायतका पर्यटकीय पूर्वाधार पनि पोखरामा छन् । पर्यटनसँँग आवद्ध करिब आठ हजार साना तथा मझौला व्यावसाय पनि प्रदेशमा छन् ।  

‘पर्यटन क्षेत्रले झन्डै ७५ हजार जनालाई गण्डकी प्रदेशभित्र रोजगारी दिलाएको छ । पर्यटन हुँदैनथ्यो भने न यो आकारको लगानी जुट्ने थियो न त रोजगारी सिर्जना हुने थियो,’ सापकोटाले भने, ‘कोरोनाले गर्दा केही व्यवसायी र मजदुर बिस्थापित भए पनि धेरैलाई पर्यटन क्षेत्रले जोगाएको छ ।’  

सापकोटाका अनुसार पर्यटन क्षेत्रमा लगानी बढ्ने क्रम नरोकिनुमा पूर्वाधारप्रतिको आश पनि हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालनी भएसँगै पोखरामा ठूला लगानीका पूर्वाधार थपिने क्रम निकै बढेको उनले बताए । ठूला आकारका होटल कोरोना संक्रमण सुरु हुनुभन्दा केही अघि मात्र निर्माण थालिएका थिए । ती होटल कोरोनापछिको समयमा तयार भएको उनले बताए ।

 ‘पर्यटन क्षेत्रमा आशावादी भएका व्यवसायी लगानी गर्नबाट पछाडि हटेनन्, बरु राम्रो दिनको पर्खाइमा रहे,’ उनले भने, ‘त्यसले गर्दा लगानीको आकार बढेको बढ्यै भयो ।’

‘पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको हो तर कोरोनाका कारण प्रदेशको पर्यटन क्षेत्रले मात्र दिनमा झन्डै साढे १३ करोड रूपैयाँ नोक्सान खेप्ने गरेको थियो,’ उनले भने, ‘यतिसम्म असर पर्यो कि पर्यटन क्षेत्रका साना तथा मझौला आकारका करिब ३० प्रतिशत व्यवसायी बिस्थापित हुन पुगे । अहिले पनि पर्यटन क्षेत्र नोक्सानमै छ तर कोरोनाकालको जत्तिको भने होइन ।’ व्यवसायीले पर्यटनमै भविश्य देखेर लगानी गरिरहेको उनले बताए । ‘पर्यटन क्षेत्रमा आशावादी भएका व्यवसायी लगानी गर्नबाट पछाडि हटेनन्, बरु राम्रो दिनको पर्खाइमा रहे,’ उनले भने, ‘त्यसले गर्दा लगानीको आकार बढेको बढ्यै भयो ।’

अहिलेसम्मको तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यो संख्या २०१८ मा ११ लाख ७३ हजार ७२ थियो । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ को रूपमा मनाउने र त्यो वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको थियो तर कोरोना भाईरस संक्रमणले गर्दा सरकारी लक्ष्य पूरा हुन सकेन । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेको भन्दै पर्यटनक्षेत्र निकै नै आशावादी हुँदै त्यो बेला लगानीमा हौसिएका थिए ।  

पछिल्लो समय पाहुना कम हुनुमा स्थलमार्गको पहुँचको समस्या र हवाई मार्गमा अन्तर्राष्ट्रिय पहुँच बिस्तार हुन नसक्नु मुख्य कारण रहेको उनीहरूको भनाइ छ ।

‘गण्डकी प्रदेश सरकारले नै भ्रमण वर्षमा २० लाख विदेशी पाहुना भित्रिने भनेर हामीलाई लगानी गर्न हौस्यायो तर कोरोनाले गर्दा पाहुना आगमन रोकियो । व्यवसायीले थालेको लगानी भने निरन्तर रह्यो,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष बच्चुराम तिवारी भन्छन्, ‘हामीलाई लगानी गर्नुस् भनेर सरकारले नै आह्वान ग¥यो । यतिसम्मकि भएका पूर्वाधारले त्यो बेला आउने पाहुनाका लागि अपुग हुने भन्दै प्रदेश सरकारले लगानी बढाउन व्यवसायीलाई उक्साएको हो तर अहिले पर्यटक नआउँदा प्रदेश सरकार जिम्मेवार हुन सकेन । व्यवसायीको लगानी जोगाउनेतर्फ प्रदेश सरकार सक्रिय भएन ।’  

व्यवसायी पर्यटन क्षेत्र कमजोर बन्नुमा कोरोना संक्रमण मुख्य कारक भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुनु पनि थप कमजोरी रहेको बताउँछन् । पछिल्लो समय पाहुना कम हुनुमा स्थलमार्गको पहुँचको समस्या र हवाई मार्गमा अन्तर्राष्ट्रिय पहुँच बिस्तार हुन नसक्नु मुख्य कारण रहेको उनीहरूको भनाइ छ । ‘हामीलाई अन्तर्राष्ट्रिय विमानस्थलको ललीपप देखाएर लगानी बढाउन लगाइयो तर अहिले बिस्थापित हुँदै गरेका तिनै व्यवसायीलाई जोगाउन कोही छैनन्,’ परिषद्का पूर्व अध्यक्ष तिवारी भन्छन्, ‘लगानी बढ्यो तर अवस्था नाजुक बन्दै गएको छ । धेरै व्यवसायी पलायनको बाटोमा छन् । आशैआशको लगानी डुब्ने त्रास छ ।’

जबकि सन् २०२३ को आठ महिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या बल्ल ६ लाख नाघेको छ । नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख एक हजार तीन सय ६० पाहुना भित्रिएका छन् ।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अहिले गण्डकी प्रदेशका होटलसँग ४० हजार बेडका हिसाबले महिनामा झन्डै १२ लाख पाहुना थेग्न सक्ने खुबी रहेको छ तर सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जबकि सन् २०२३ को आठ महिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या बल्ल ६ लाख नाघेको छ । नेपालमा सन् २०२३ को आठ महिनामा ६ लाख एक हजार तीन सय ६० पाहुना भित्रिएका छन् ।  

‘गण्डकी प्रदेशले मासिक १२ लाख पाहुनाको अपेक्षा गर्छ तर सरकारको लक्ष्य वर्षभरिमा १० लाख पाहुना भिœयाउने लक्ष्य रहेको छ,’ सुवेदी भन्छन्, ‘यसैबाट स्पष्ट हुन्छ पर्यटन क्षेत्रप्रति सरकार सकारात्मक छैन ।’ व्यवसायीले ‘भोलिको आशमा भन्दै पर्यटन क्षेत्रमै धमाधम लगानी बढाइरहेको उनले बताए । ‘द्वन्द्वताका पनि लगानी बढेकै हो । भूकम्पका बेला पनि लगानी बढ्यो । भोलि सुध्रेला कि भन्नेमा आशमा पर्यटनमा लगानी थपियो,’ सुवेदी भन्छन्, ‘तर पर्यटन क्षेत्रमा सुधार आएको त्यो भोलिको दिन आएन ।’  

कहिले नेपाल भ्रमण वर्षको लोभ त कहिले अन्तर्राष्ट्रिय विमानस्थलको मोहमा फसेर व्यवसायमा लगानी बढाएको उनले बताए । ‘

कहिले नेपाल भ्रमण वर्षको लोभ त कहिले अन्तर्राष्ट्रिय विमानस्थलको मोहमा फसेर व्यवसायमा लगानी बढाएको उनले बताए । ‘अहिले पनि लगानी बढिरहेको छ । एकातिर लगानी पनि बढ्दैछ, अर्काेतिर केही व्यवसायी व्यावसाय धान्न नसकेर पलायन हुँदैछन्,’ उनले भने, ‘आशैआशले गर्दा अहिले पर्यटन क्षेत्रमा लगानी बढिरहेको छ ।’ पाहुनाविहीन भएको भनेर जति नै चिन्तित भए पनि लगानी भने नरोकिएको उनले बताए ।

प्रकाशित: १८ आश्विन २०८० ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App