१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ: पूर्व अर्थमन्त्री पाण्डे

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन।

आज काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पाण्डेले यस्तो कुरा बताएका हुन। उनले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए।

उनले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए। उनले  शेयर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको बताए।

उनले सरकारका सबै निकायहरूले आउट अफ द बक्स भनेर सोच्नुपर्ने बताए। उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए।उनले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हरेक वर्ष भारतको भन्दा कर्जा बिस्तार भए पनि रोजगारी सिर्जना हुन नसकेको बताउनु भयो। उनले बैङ्कहरूको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गरे। उनले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए।

पूर्व अर्थमन्त्री पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताए। उनले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरूका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारबाट पन्छिने काम गरिरहेको बताए।

उनले मुलुकमा अर्थतन्त्रको एउटा समस्या भए पनि सरकार अर्को बाटो हिँडेको बताए।  पाण्डेले अर्थमन्त्रीले गभर्नरले माने मैले सुधार गरिदिन्छु भन्दै हिँडेको आरोप लगाए। उनले गभर्नरले चाहँदैमा सबै कुरा सुधार हुने अवस्था नभएको बताए। उनले गभर्नरले काम नगरे सरकारले ‘कान समातेर’ यसो गर् भन्न सक्नुपर्ने बताए।

प्रकाशित: ९ आश्विन २०८० १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App