२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई महिनामा दुई हजार ४९४ विद्युतीय सवारी आयात

दुई महिनामा आठ सय ९८ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् । भन्सार विभागका अनुसार ५० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान दुई सय ५५ वटा आयात हुँदा ४९ करोड ६५ लाख ७९ हजार रूपैयाँको आयात भएका छन् ।  

५१ किलोवाट क्षमतादेखि एक सय किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान ६ सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । ती सवारीसाधन आयात गर्दा एक अर्ब ८७ करोड ६४ लाख २६ हजार रूपैयाँ बराबरको आयात भएको छ । १०१ किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका इलेक्ट्रिक कार,जीप र भ्यान तीन वटा सवारीसाधन आयात भएका छन् । ती सवारीसाधन आयात गर्दा दुई करोड २८ लाख १२ हजार रूपयाँ भित्रिएको छ ।

चालु आवको दुई महिनाको अवधिमा १४ सय ९४ वटा तीन पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएको छ । ती तीन पाङ्ग्रे सवारी साधन आयात गर्दा १४ करोड ५४ लाख २३ हजार रूपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७९/८० मा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात हुँदा ४ हजार ५० वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए ।  

विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए । अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका थिए ।

भन्सार विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाउँछ ।  

भन्सार विभागका अनुसार आव २०७८/७९ मा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएको थियो तर आर्थिक वर्ष २०७९/८० मा त्यो संख्या दोब्बरभन्दा धेरै बढेको छ । विभागकै तथ्यांकअनुसार आवमा २०७९/८० मा विभिन्न मोडेलका चार हजार ५० वटा चार पाङ्ग्रे विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन् । अघिल्लो आवकै तुलनामा पनि गत आवमा करिब ६० प्रतिशतभन्दा धेरै विद्युतीय सवारी साधनप्रति क्रेज बढेको देखिन्छ ।

प्रकाशित: ९ आश्विन २०८० ०४:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App