२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चीनको सबैभन्दा मूल्यवान् कम्पनी ‘टान्सेन्ट’

चीनको सूचना प्रविधि तथा मनोरञ्जन कम्पनी ‘टान्सेन्ट’ले सबैभन्दा मूल्यवान् कम्पनी तथा प्रख्यात ब्रान्डको उपाधि पाएको छ। बेइजिङ टुडे म्यागेजिनका अनुसार, चीनका सय वटा कम्पनीको ब्रान्ड भ्यालु एक ट्रिलियन डलरभन्दा बढी रहेको समेत जनाइएको छ।

ब्रान्ड जेड शीर्षकमा कान्तार नामक मार्केट रिसर्च कम्पनीले सो कुराको खुलासा गरेको हो।  सबैभन्दा मूल्यवान् बनेको टान्सेन्टको ब्रान्ड भ्यालु हाल १४४.११ अर्ब डलर रहेको छ। त्यसो त अमेरिकाको अमेजन कम्पनी एउटैको ब्रान्ड भ्यालु २९९.३ अर्ब डलरको रहेको छ।

एप्पल २९१.५ अर्ब डलर मूल्यका साथ दोस्रो र २८१.४ अर्ब डलरका साथ गुगल तेस्रो नम्बरमा रहेको छ। यता चीनको सबैभन्दा मूल्यवान् कम्पनीमा दोस्रो नम्बरमा अलिबाबा रहेको छ। यसको बजार मूल्य ९०.१९ अर्ब डलर रहेको छ। तेस्रो नम्बरमा क्विचो मोताई रहेको छ। यसको मूल्य ८८.४३ अर्ब डलर रहेको छ।

प्रकाशित: ७ आश्विन २०८० ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App