१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ। योजना अन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने हरेक दिन टिभिएस एनटर्क १२५ सिसी जित्ने मौका पाउने छन् ।

योजना अनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्ने कम्पनीले जनाएका छन् । शनिबार बाहेक हरेक दिन एक टिभिएस एनटर्क १२५ विजेता बन्न सक्नेछन् र शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवद्र्धन योजनामा सहभागी हुने ग्राहकको नाम आइतबार गरिने लक्की ड्रमा सामेल गरिनेछ ।  

योजना अवधिभरमा जम्मा २५ जना विजेताको नाम सार्वजनिक गरिने र योजना असोज ५ गते सुरु भई कात्तिक ३ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । यद्यपि असोज २ गतेदेखि नै यस योजनामा ग्राहक सहभागी बन्न सक्नेछन् ।

लक्की ड्र सातामा दुई पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ । साथै कम्पनीले अर्को एक अफर पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले चाहेको सामसङ स्मार्टफोन वा ट्याब्लेट सामसङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधाअन्तर्गत मासिक किस्तामा शून्य प्रतिशतमा किन्न सक्नेछन् ।

प्रकाशित: ४ आश्विन २०८० ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App