८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक होः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गरेका छन्।

मंगलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताए। शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भुमिका हुने उनले उल्लेख गरे। अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकासेको बताए।

सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको उनले दाबी गरे। उनले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गरे। अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै सुधार हुँदै गएको बताए। आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेको भन्दै पछिल्लो समय मुलुकको वाह्य मुद्राको सञ्चिति सुधार,पर्यटन वृद्धि भएको धारणा राखे। उनले घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने विश्वास रहेको उल्लेख गरे।

उनले भने,‘ निजी क्षेत्र नै आर्थिक रुपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ। हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमसिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ। सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी,प्रतिष्पर्धी बनाउने,कानूनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भुमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ। सडक यातायातका कुरामा र न्युनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो। राज्यको निर्णायक भुमिका भनेको राज्यको साधन स्रोत ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो। सरकारले निजी क्षेत्रको महत्वलाई उच्च महत्व दिएका छौं। मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन। अर्थतन्त्रको समस्या धेरै समय रहँदैन। समस्याहरु कम हुँदै गएका छन्। मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै अगाडि बढ्छ। आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेका छन्। मुलुकको वाह्य मुद्राको सञ्चिति सुधारउन्मुख छ। विगतको जस्तो श्रीलंकाको बाटोमा जाने अवस्था छैन। पर्यटन क्षेत्र अगाडि बढ्छ। घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्याहरु थिए। जग्गा कित्ताकाटको समस्या समाधान भएको छ। जग्गा कारोबार बिस्तारै बढ्छ। अटोमोवाइलको गतिविधि पनि बढ्छ। अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ। त्यसले आत्माविश्वास पढ्छ। अर्थतन्त्रमा पैसा नभएको होइन। पैसा चल्न सकेको छैन घुम्न जरुरी छ।’

प्रकाशित: २६ भाद्र २०८० ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App