२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सुकेटारमा साढे दुई महिना पछि नेपाल एयरलायन्सको उडान

ताप्लेजुङको सुकेटार विमानस्थलमा नेपाल एयरलायन्सले करिब साढे २ महिना पछि उडान गरेको  छ।

आज काठमाडौँबाट ६ जना यात्रु लिएर आएको विमानले फर्कदा भने १ जना मात्रै यात्रु लिएर गएको नेपाल वायु सेवा निगम ताप्लेजुङका निमित्त स्टशेन इञ्चार्ज सचिन्द्र तिवारीले बताए। उनका अनुसार अब सुकेटार (ताप्लेजुङ)–काठमाडौँ नियमित उडानका लागि सातामा ३ दिनको तालिका बनेको छ।

अबदेखि प्रत्येक साता सोमवार, बिहीवार र शनिवार सुकेटार (ताप्लेजुङ)–काठमाडौँ नियमित उडान हुनेगरी कार्यतालिका बनेको तिवारीले जानकारी दिए। सुकेटार विमानस्थलमा गत जेठ २४ गते राखिएको नेपाल एयरलायन्सको उडान मौसम प्रतिकुलताका कारण स्थगित भएपछि फेरी उडान हुन सकेको थिएन।

तिवारीका अनुसार काठमाडौँबाट ताप्लेजुङको भाडादर जनही ८ हजार ६ सय र ताप्लेजुङबाट काठमाडौंकाे भाडादर जनही ८ हजार ४ सय रुपैयाँ कायम गरिएको छ।  

प्रकाशित: १८ भाद्र २०८० ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App