१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सामसङको ग्यालेक्सी जेड फ्लिप–५ र जेड फोल्ड–५ सार्वजनिक

सामसङले औपचारिक रूपमा ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ सार्वजनिक गरेको छ।

सामसङका सह–उपाध्यक्ष सुङ जुन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल २०२२ प्रियका रानी जोशीले संयुक्त रूपमा संयुक्त रूपमा ती नयाँ मोबाइलहरूको अनावरण गरेका हुन्।

अनावरणमा नयाँ ग्यालेक्सी जेड फ्लिप–५ र ग्यालेक्सी जेड फोल्ड–५ को विभिन्न विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, ईमर्सिभ भिउइंग, सेल्फी र आईपीएक्स८ रेटिङलाई फेसन रन–वेमा मोडलहरूले प्रदर्शित गरेका थिए।

‘सामसङले निरन्तर रूपमा ग्यालेकसी जेड सिरिजलाई उत्कृष्टता र परिष्कृत गर्दै लगेको छ । ग्यालेक्सी जेड फ्लिप–५ को नयाँ फ्लेक्स विण्डोमा कन्टेन्ट सिर्जना गर्नेदेखि ग्यालेक्सी जेड फोल्ड–५ मा  मल्टीटास्किङ गर्नसम्म सकिने, ग्यालेक्सी फोल्डेबलको यी सिरिजले आजका प्रयोगकर्ताहरूको उच्चतम आवश्यकताहरूलाई पूरा गरेर त्यसलाई अझ नयाँ स्तरमा पुर्‍याउनेछन्,’ निर्देशक स्थापितले भने।

ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ भने ग्यालेक्सी जेड फोल्ड ५ कालो र निलोगरी २ प्रकारका रङ्गमा उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप ५

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। यो ८+ २५६ जिबि मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९ तोकिएको छ।  

ग्यालेक्सी जेड फोल्ड ५ 

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलोर हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड५ कालो र निलोगरी २ प्रकारका आकर्षक रङ्गहरुमा पाइनका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि स्टोरेजमा उपलब्ध छन। ग्यालेक्सी जेड फोल्ड ५ १२ं२५६ जिबि को मुल्य रु.२,२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ १२ं५१२ जिबि को मुल्य रु.२,३९,९९९ कायम गरिएको छ।

यी मोडलहरुको प्रि- अर्डर साउन २२ गतेदेखि नै शुरु भइसकेको छ।  

प्रकाशित: २९ श्रावण २०८० ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App