६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुजुकी जिम्नी र फ्रोन्क्स बजारमा लन्च

नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयुभीहरू सुजुकी जिम्नी र फ्रोन्क्स नक्सालस्थित स्मार्ट सिरोजेनिक्स प्रालिमा लन्च भएको छ। अब ग्राहकले ती दुई एसयुभीको टेस्ट ड्राइभ सोरूमबाट गर्न सकिने जानकारी नेक्साको लागि आधिकारिक डिलर स्मार्ट सिरोजेनिक्स प्रालिका निर्देशक सानिया सिरोहियाले जानकारी दिइन्।

नेपालका लागि सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्टिङ्स अन्तर्गतको अटोमोटिभ खुला डिभिजन सिजी मोटोकर्पले एसयुभीहरूको बुकिङ गत असार २९ गतेबाटै खुला गरेको थियो।

कम्पनीले आक्रामक मूल्य रणनीति अपनाइ मूल्यनिर्धारण गरेको छ। जिम्नीको सुरुआती मूल्य ५९ लाख ९९ हजार रूपैयाँबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रूपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App