१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

परिसंघ सचिवालयमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहितका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई स्वागत गरे। सो अवसरमा परिसंघ र इप्पानबीच ऊर्जा क्षेत्रको विकास एवं समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका छन्।

परिसंघका अध्यक्ष अग्रवालले ऊर्जाक्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दीगो माध्यम रहेको बताए। उनले ऊर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए। उनले नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको बताए।

पीपीए खुला गरिनुपर्ने, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरिनुपर्नेमा जोड दिए। इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताउँदै ऊर्जा क्षेत्रको सन्दर्भमा निजीक्षेत्रको सुझावमा एकरूपता हुनुपर्नेमा पनि जोड दिए।

निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत् व्यापार गर्न दिनुपर्ने, विद्युत् निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारणलाइन निर्माण हुनुपर्ने, उद्योगीहरूले आवश्यक बिजुली पाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए।

प्रकाशित: २४ श्रावण २०८० ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App