१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक आज पनि घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो।  

आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर रु दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन्।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन्।  

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स रु आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३,प्रोगेसिभ फाइनान्स रु छ करोड ८० लाख ७७ हजार,नेपाल पुनरबीमा कम्पनी रु छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक रु छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ।

यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य  चार दशमलव २० प्रतिशतले घटेको छ।  

प्रकाशित: ११ श्रावण २०८० १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App