७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

अनुसन्धानको म्याद छँदै छुटे जोशी

मारुती सिमेन्ट प्रकरण, नाटकीय उछाल-अवतरण

घर बनाउँदा प्रयोग गरेको मारुती सिमेन्टका कारण ढलान नै भत्किएको भन्दै सप्तरीको राजविराज–४ का दिवाकर कुमार साहले ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गराए। साहले मारुती सिमेन्टका सञ्चालकसहित डिलर र बिक्रेतासमेत ८ जनालाई प्रतिवादी बनाएर दर्ता गराएको मुद्दा १५ दिनमै मिलापत्रमार्फत सल्टिएको छ।  

जिल्ला प्रहरी कार्यालय, सरकारी वकिलको कार्यालय, वादी, प्रतिवादी र उद्योग वाणिज्य संघ सप्तरीको सेटिङमा ठगी तथा आपराधिक विश्वासघात मुद्दा सहमतिमा सल्टाइएको हो।

दिवाकरको जाहेरीले नेपाल सरकार वादी भएको यस मुद्दामा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, व्यपार निर्देशक ज्योति जोशी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी नै जारी छ। उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो। असार १४ गते राति ज्योति जोशीलाई जाहेरबाला दिवाकरसँग गएको सप्तरी प्रहरीको टोलीले विराटनगरबाट पक्राउ गरेर सप्तरी ल्याएको थियो।  

पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशी छुटेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई हाजिर जमानीमा छाड्ने सहमति दिएपछि उनी छुटेका हुन्। सरकारी वकिलको कार्यालयका प्रमुख(जिल्ला न्यायाधिवक्ता) गोकुल बहादुर निरौलाको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘निजलाई हाजिर जमानीमा छाडेको सक्कलै कागज मिसिल संलग्न राख्नुहुन र सहमति माग भएको पत्रमा उल्लेखित थप बाँकी अनुसन्धानको कार्य गर्न गराउनसमेत निर्देशन गरिन्छ।’

घर बनाउँदा प्रयोग गरेको मारुती सिमेन्टका कारण ढलान नै भत्किएको भन्दै सप्तरीको राजविराज–४ का दिवाकर कुमार साहले ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गराए।

दिवाकर कुमार साहको जाहेरीले वादी नेपला सरकार प्रतिवादी ज्योती जोशीसमेत भएको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तहाँ कार्यालयको चनं ९५३१ मिति २०८० असार २६ गतेको माथवर व्यक्तिको जिम्मामा छाड्न सहमति दिने विषयको पत्रसहितको सक्कल मिसिल जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई छाड्न आदेश गरेको हो।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रियामा रहेको यो मुद्दाका वादी दिवाकर कुमार साह र प्रतिवादी माँ राजदेवी हार्डवेयरको तर्फबाट रूपक कुमार सिंह, मारुती सिमेन्ट उद्योगको तर्फबाट ज्योति जोशीबीच ठगी तथा आपराधिक विश्वासघात मुद्दाको सम्बन्धमा दुवै पक्षबीच क्षतीपूर्ति पाई सहमति भइसकेको उल्लेख छ।

प्रतिवादी ज्योति जोशीलाई उच्च रक्तचाप र मधुमेहको समस्याका कारण नियमित औषधि खाइराख्नुपर्छ। उनलाई थुनामा राख्दा स्वास्थ्यमा प्रतिकूल समस्या भई ज्यानै खतरामा हुनसक्ने हुँदा उनका आफन्त आशिष जोशीको जिम्मामा खोजेको बखत हाजिर हुने गरी छाड्नका लागि सहमति प्रदान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुधबार पत्र पठाएको थियो।

यसअघि सप्तरी प्रहरीले ८ जना प्रतिवादीमध्ये एकजना ज्योति जोशीलाई मात्र पक्राउ गरी सातजना फरार रहेको जनाएको थियो। एसपी नरेन्द्रकुमार कार्कीले भने, ‘सातैजना मोबाइल अफ गरिदिएपछि खोज्न नसकिएको हो। मोबाइल नै अन नभएपछि हामी कसरी खोज्न सक्छौं?’

जाहेरबाला दिवाकर कुमार साहले गुणस्तरहीन मारुती सिमेन्टकै कारण आफ्नो भ¥याङ र छत ढलेको तथा घर नै क्षतिग्रस्त भएकोले क्षतीपूर्तीका लागि अदालत र व्यापारसँघमा निवेदन दिएको बताए। अदालती प्रक्रिया ढिला भए पनि उद्योग वाणिज्य संघ सप्तरीको समन्वयमा क्षतीपूर्ति पाएपछि सहमति गरेको उनले बताएका छन्।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रियामा रहेको यो मुद्दाका वादी दिवाकर कुमार साह र प्रतिवादी माँ राजदेवी हार्डवेयरको तर्फबाट रूपक कुमार सिंह, मारुती सिमेन्ट उद्योगको तर्फबाट ज्योति जोशीबीच ठगी तथा आपराधिक विश्वासघात मुद्दाको सम्बन्धमा दुवै पक्षबीच क्षतीपूर्ति पाई सहमति भइसकेको उल्लेख छ।

सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले असार २४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) नरेन्द्रकुमार कार्कीलाई पत्र लेखेर दुवै पक्षको सहमतिमा जाहेरबाला दिवाकर कुमार साहले उचित क्षतिपूर्ति पाइसकेको कागजसमेत भइसकेकोले उल्लेख छ। क्षतिपूर्ति पाइसकेपछि दिवाकर कुमार साहले आफ्नो सम्पूर्ण दाबी फिर्ता लिने सहमति भइसकेकाले जाहेरी निवेदन खारेज गरी उक्त मुद्दामा अनुसन्धानको क्रममा रहेका ज्योति जोशीलाई रिहा गरिदिन अग्रवालले एसपीलाई पत्र पठाएका थिए।

दुवै पक्षबीच सहमती भएपछि यसअघि मारुती सिमेन्टका सेल्स प्रमुख ज्योति जेशीबाट गराइएको कपाली कागजसमेतको औचित्य समाप्त भइसकेको अध्यक्ष अग्रवालले कपाली कागजमै लेखिदिएका छन्। सो कपाली कागजमा जोशीले दिवाकर कुमार साहलाई २५ लाख दिनेछु भनेर उल्लेख छ।

यसैगरी, असार ११ गते दिवाकर कुमार साहले सप्तरी उद्योग वाणिज्य संघलाई पत्र लेखेर माँ राजदेवी हार्डवेयर र मारुती सिमेन्ट उद्योगबाट क्षतीपूर्ति उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

असार २२ गते मोरंग व्यपार संघले सप्तरी उद्योग वाणिज्य संघलाई पत्रमाफर्त प्रहरी हिरासतमा रहेको ज्योती जोशीलाई रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो।

जाहेरबाला दिवाकर कुमार साह एचटिपी खबर नामक युट्युब च्यानलका सञ्चालक हुन्। एपी कार्कीले भने, ‘जाहेरबाला पत्रकार भएकै कारण यो केसले यति चर्चा पायो र यति छिटो टुङ्गो पनि लाग्यो।’ लेनदेन कति भयो नि भन्ने प्रश्नमा एसपी कार्कीले भने, ‘लेनदेनको विषयमा मलाई थाहा भएन, उहाँहरूको विषय हो।’

असार २२ गते मोरंग व्यपार संघले सप्तरी उद्योग वाणिज्य संघलाई पत्रमाफर्त प्रहरी हिरासतमा रहेको ज्योती जोशीलाई रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो।

जोशीलाई मंगलबार साँझ नै छोड्ने तयारी थियो। प्रहरीले मिसिल सरकारी वकिल कार्यालयमा पठाउने र सरकारी वकिल कार्यालयले सहमति दिएपछि जोशी छुट्ने तयारी थियो। यो खबर पाएर नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवसहितका पत्रकार सरकारी वकिल कार्यालय पुगेका थिए। कार्यालय समय समाप्त भएपछि छोड्दा विवादित हुने भयले सरकारी वकिल कार्यालय तयार भएन र मंगलबार जोशी छुटेनन्।

०००

सिरहाको चन्द्राउदइपुरमा सिमेन्ट उत्पादन गर्ने एउटा उद्योग छ– मारुती सिमेन्ट लिमिटेड। लिमिटेडका अध्यक्ष नन्दकिशोर राठी हुन्। यो उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ। आफूले उत्पादन गरेको सिमेन्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेन्ट भएको सो उद्योगले दाबी गर्छ।

तर, गुणस्तर चिह्न दिएको निकाय नापतौल विभाग नै मारुती सिमेन्ट लिमिटेडसँग हैरान भइरहेको छ। कारण हो, बजारमा बारम्बार गुणस्तरहीन सिमेन्ट भेटिनु। एक, दुई या तीनपटक होइन, मारुती सिमेन्ट बारम्बार कारबाहीमा परिरहेको छ। तर, कारबाही भोग्दा पनि मारुतीले न सिमेन्टको गुणस्तर सुधार्छ, न त सरकारी नियामकको आदेश नै पालना गर्छ। लोभ र लाभ दिएर केस सल्टाउँदै आएको पाइएको छ।

पक्राउ परेको जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशी छुटेका छन्।

मारुतीले कम गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्री गरेको भन्दै गत मङ्सिर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो।

त्यसको साढे दुई महिनापछि माघ १२ गते सोही कम्पनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिमेन्ट सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख ६५ हजार रूपैयाँ बिगोसहित मुद्दा दर्ता गर्‍यो।

‘तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा अधिक चुनढंगा उत्खनन÷उत्पादन गर्ने मारुती सिमेन्टले वार्षिक एक लाख रूपैयाँ मात्रै जरिबाना लिइएको पाइयो,’ आरोप पत्रमा उल्लेख छ। मारुती सिमेन्टले ४३ ग्रेडको गुणस्तरहीन ओपीसी सिमेन्ट उत्पादन गरेकोसमेत पाइएको छ। नापतौल तथा गुणस्तर विभागले विभिन्न मितिमा बजार अनुगमनको क्रममा संकलन गरेको नमुनाबाट यस्तो फेला परेको थियो।

जोशीको प्रहरीमा बयान

म १७ वर्षदेखि मारुती सिमेन्टको केन्द्रीय कार्यालय विराटनगरमा सेल्स हेडको रूपमा कार्यरत छु। बजारमा सिमेन्ट पठाउने क्रममा यकिन मिति याद छैन तर ६/७ महिनाअघि हुनुपर्छ राजविराज नगरपालिका बस्ने दिवाकर साहले राजविराजस्थित माँ राजदेवी हार्डवेयरबाट मारुती सिमेन्टलगायतका सामान खरिद गरी घर बनाउँदै थिए।

सो क्रममा सिमेन्टको गुणस्तर कम भएको कारण छत ढलान राम्रोसँग नअडिएको भनी राजविराजका सेल्स कोर्डिनेटर सञ्जय साहमार्फत मारुती सिमेन्टलाई जानकारी आएको थियो। मसँगै सेल्स म्यानेजर लक्ष्मी शिवाकोटी दिवाकरको निर्मानाधीन संरचना अनुगमन गर्दा ४ धुरमा बन्दै गरेको दुई कोठे घर र भर्‍याङसमेत रहेको भूँइतले घरको छत ढलान भएको थियो।

म १७ वर्षदेखि मारुती सिमेन्टको केन्द्रीय कार्यालय विराटनगरमा सेल्स हेडको रूपमा कार्यरत छु। बजारमा सिमेन्ट पठाउने क्रममा यकिन मिति याद छैन तर ६/७ महिनाअघि हुनुपर्छ राजविराज नगरपालिका बस्ने दिवाकर साहले राजविराजस्थित माँ राजदेवी हार्डवेयरबाट मारुती सिमेन्टलगायतका सामान खरिद गरी घर बनाउँदै थिए।

उक्त छतमुनिबाट सिमेन्टको टुक्रा झरेको जस्तो देखिएपछि दिवाकरलाई गिट्टी, बालुवा र सिमेन्टको मापन नमिलेको हुनुपर्छ भनी सम्झाइबुझाई गर्दा निजले म पत्रकार हुँ, कम्पनीको बदनाम गराइदिन्छु। मलाई तपाईं गुणस्तरहीन सिमेन्ट दिएर ठूलो कुरा गर्ने भनी विवाद गरेका थिए। मैले सोही व्यहोरा निर्देशक नन्दकिशोर राठीलाई जानकारी गराएको थिएँ।

सन्तोष यादव दिवाकरको घरमा काम गरेका मिस्त्री हुन ्। उनले प्रहरीमा दिएको बयानमा घरको छत ढलान गर्दा एक बोरा सिमेन्ट, तीन बोरा बालुवा र ४ बोरा गिट्टी मिसाएका थियौं। घर निर्माणमा मारुती सिमेन्ट प्रयोग भएको थियो। सिमेन्टमा मिति थियो कि थिएन मलाई थाहा छैन। दिवाकरको घर कमसल बालुवा, गिट्टी र  सिमेन्टको कारण भत्केको हुनुपर्छ।

प्रकाशित: २८ असार २०८० ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App