१० असार २०८१ सोमबार
image/svg+xml
अर्थ

महासंघका अध्यक्ष र मुद्रा कोषका प्रतिनिधिबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा सान्चेजबीच शुक्रबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा अध्यक्ष ढकालले दुई संस्थाबीच विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका लागि कोषले सहयोग गर्नुपर्ने बताए।

बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पुँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण पुनर्कर्जा सुविधा दिनुपर्नेमा महासंघले राष्ट्र बैंकसँग आग्रह गरिरहेको हुँदा अध्यक्ष ढकालले यसमा अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सहयोग आवश्यक रहेको बताए।

सो अवसरमा आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासंघका अध्यक्षद्वारा राखिएका विषयलाई आफूले महत्वका साथ लिएको बताइन्। साथै यस विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने पनि उनले बताइन्।

प्रकाशित: २४ असार २०८० ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App