२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सोह्रौं योजनामा क्रमभंग गर्ने आयोजना समावेश गर्ने दाबी

राष्ट्रिय योजना आयोगले सोह्रौं योजनामा सामान्य सुधार भन्दा पनि क्रमभंग गर्ने गरी योजना अघि बढाउने दाबी गरेको छ। आयोगले १६ औं योजनामा सामान्य खालको सुधारभन्दा पनि फड्को मार्ने खालका अर्थात् क्रमभंग गर्ने खालका योजनालाई प्रथामिकतामा राख्ने भएको छ। आयोग अहिले सोह्रौं योजना तर्जुमाको तयारीमा जुटिरहेको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले मंगलबार आयोगमा आयोजित सोह्रौं योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको तयारीका क्रममा सञ्चारकर्मीसँग गरिएको छलफल कार्यक्रममा बोल्दै आयोगले ‘प्याराडाइम सिफ्ट’ गर्ने खालका योजनालाई प्रथामिकतामा राखेर अघि बढाउने बताएका छन्।

‘अब मुलुक सामान्य खालको सुधारभन्दा पनि क्रमभंग वा प्याराडाइम सिफ्ट गर्ने खालको योजना अघि बढाउनु आवश्यक भइसकेको छ,’ उनले भने, ‘आयोगले १६ औं योजनामा मुलुकको अर्थतन्त्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने विषयलाई प्रथामिकताको साथ अघि बढाउनेछ।’

राष्ट्रिय योजना आयोगले सोह्रौं योजनामा सामान्य सुधार भन्दा पनि क्रमभंग गर्ने गरी योजना अघि बढाउने दाबी गरेको छ।

उपाध्यक्ष श्रेष्ठले अहिले हाम्रा संरचनागत त्रुटि र कमजोरी के के छन् भनेर पहिचान गरिसकेकाले पनि आगामी दिनमा ती समस्या सम्बोधन गर्ने खालको योजना अघि बढाउने बताए। ‘हाम्रामा कृषि उत्पादन र उत्पादकत्व निकै कम छ,’ उनले भने, ‘संरचनागत समस्याकै कारणले यो समस्या आएको हो। यसलाई सम्बोधन गर्ने गरी योजना अघि बढाउने छौं।’

उपाध्यक्ष श्रेष्ठले पहिचान भएका समस्यालाई रणनीतिक तवरले हल गर्दै जाने विषय आगामी योजनामा समेटिने बताए। ‘हामीले अहिले नेपालको मूलभूत समस्याको पहिचान गरिसकेका छौं।’ उनले भने, ‘ती रणनीतिक समस्यालाई सम्बोधन गर्ने गरी काम भइरहेको छ।’

उपाध्यक्ष श्रेष्ठले वातावरण संरक्षण गर्दै गिटीवालुवा/ढुंगा निर्यात गर्ने योजनालाई पनि अघि बढाइने बताए। ‘नेपालमा रहेका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरी आवश्यक नीति अघि बढाउने छौं,’ उनले भने।

उपाध्यक्ष श्रेष्ठले १६ औं योजनाले डिजिटल गभर्नेन्स र डेटाबेस उच्च प्रथामिकतामा राखिने दाबी गरेका छन्। ‘अहिले हामी विभिन्न सरोकारवाला निकायसँग छलफलको क्रममा रहेका छौं। आगामी योजना तर्जुमा गर्दा डिजिटल गभर्नेन्स र डाटावेशलाई महत्व दिएर अघि बढ्नेछौं।’

उपाध्यक्ष श्रेष्ठले वातावरण संरक्षण गर्दै गिटीवालुवा/ढुंगा निर्यात गर्ने योजनालाई पनि अघि बढाइने बताए।

उपाध्यक्ष श्रेष्ठले आयोगको पनि पुनर्संरचना गरेर आयोगका कामकारबाही र जिम्मेवारीलाई थप प्रभावकारी र सशक्त बनाइने बताए। ‘आयोगको पुनर्संरचना गर्ने काम भइरहेको छ। सोसँग सम्बन्धित नीतिको पनि मस्यौदा भइसकेको छ,’ उनले भने ‘आयोगले नीति निर्माणदेखि अध्ययन अनुसन्धान र अगुगमनको पक्षलाई पनि उत्तिकै महत्व दिएर अघि बढ्ने तयारी भइरहेको छ।’

आयोगले डाटावेश कमजोर भएकाले पनि विभिन्न समस्या आएको बताउँदै सो समाधानका लागि पनि डाटावेश तयार पार्र्ने दाबी गरे। उपाध्यक्ष श्रेष्ठले नेपालका सबै योजना फेल भएको भनेर भन्न नमल्निे बताए।

‘सबै योजना फेल भएका होइनन्’ उपाध्यक्ष श्रेष्ठले भने ‘योजना १ देखि १३ औंको अवधिमा राखिएका लक्ष्यमा केही ‘ग्याप’ भएको थियो तर १४ औं योजना यस्तो योजना हो जसले राखेको भन्दा धेरै आर्थिक वृद्धि दर हासिल गरेको छ।’

आयोगले डाटावेश कमजोर भएकाले पनि विभिन्न समस्या आएको बताउँदै सो समाधानका लागि पनि डाटावेश तयार पार्र्ने दाबी गरे। उपाध्यक्ष श्रेष्ठले नेपालका सबै योजना फेल भएको भनेर भन्न नमल्निे बताए।

आयोगले प्रोजेक्ट बैंकको अवधारणा अघि सारे पनि मन्त्रिपरिषद्ले निर्णय गरी नसकेकाले पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। 

प्रकाशित: १३ असार २०८० ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App