१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचकमा ६२ दशमलव २१ अङ्कको वृद्धि

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।

आइतबार नेप्से परिसूचक ६२.२१ अङ्क बढेर २११७.७३ बिन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.६४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अङ्कले बढेको छ। नेप्से ६२ अङ्कले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ।

आइतबार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो। गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो। गत बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। बिहीबारको तुलनामा आइतबार दोब्बरले कारोबार रकममा वृद्धि भएको छ।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ। जसमा सबैभन्दा बढी जीवन बिमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ। निर्जीवन बिमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से परिसूचक ६२.२१ अङ्कले बढेसँगै ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यस्तै, हिमालयन ऊर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर यता  शुभम् पावरको शेयर मूल्य ६.८१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा शिवम् सिमेन्ट कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: १० असार २०८० १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App