१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन। तस्बिरः अनिल भण्डारी/ नागरिक

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो। निर्माण सुरु भएको ९ महिनामा ५१ प्रतिशत निर्माण सम्पन्न भएको अयोजनाले जनाएको छ।  

गत असोज २८ गतेबाट टनेल बोरिङ मेसीनबाट सुरुङ निर्माण गर्न  थालिएको थियो। नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ।  

सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुङग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो। कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोसी गाँउपालिकाको कानढुङग्री भन्ने स्थानबाट सुनकोसीको पानी मरिणमा पुर्याइने आयोजना प्रमुखमित्र बरालले जानकारी दिए। उनका अनुसार हालसम्म ६ दशमलब आठ प्रतिशत सुरुङ निर्माण भइसकेको छ। 

भौगर्भिक समस्या नआए आगामी दश महिनाभित्र निर्माण कार्य सम्पन्न हुने आयोजना प्रमुख बरालको भनाई छ। टनेल निर्माणको प्रगति लक्ष्य भन्दा हामी अलि अगाडी बढिसकेका छौ, बरालले नागरिकसँग भने, 'हामीले सुरुङ मात्रै नभएर ड्याम बनाउने कार्य समेत अगाडी बढाएका छौ।'

निर्माणको जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी (कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो ।  

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोसीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले जानकारी दिए।  सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाधबाधी १३ दशमलब ३ किमि लामो सुरुङमार्फत मरिण नदीमापानीपथान्तरण गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७  जलविद्युत उत्पादन गरिने छ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ । आर्थिक बर्ष ०७७-०७८ बाट शुरु भएको आयोजना ०८२-०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ।  टिबिएमले आठ-आठ घण्टाका दरले तीन सिप्mटमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए। पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब कुल लागत रहने अनुमान गरिएको आयोजनाले जनाएको छ। आयोजनाको मुख्य उदेश्य विद्युत उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका  एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने रहेको छ । 

सुनकोसीको पानी सुरुङमाफर्त  मरिण खोलाहुदै  ४४ किलोमिटर बगेर बागमती नदिमा मिसिन पुग्नेछ।  ‘टिबिएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनि  टीबीएम मार्फत समेत निर्माण कार्य अगाडी बढेको छ, २ सय ३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङ सहितप्लेट फर्म निर्माण गरि निर्माण कार्य अगाडी बढाइएको निर्माण कम्पनी कोभ्याकले जनाएको छ। टिबिएमले आठ÷आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले जानकारी दिए। सुनकोसीको पानी सुरुङमाफर्त मरिण खोलाहुदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसन पुग्नेछ। हाल बागमती सिंचाई आयोजनाले आप्mनो कमाण्ड क्षेत्रमा करिब ४५ हजार छ सय हेक्टरमा सिंचाई सुविधा पु¥याएको र एक लाख २२ हजार हेक्टरको बाँकीजग्गामा सुनकोसीको पानीले सिंचाई सुविधा पुर्याउने योजना रहेको आयोजनाले जनाएको छ।

प्रकाशित: ९ असार २०८० ०६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App