३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

बुद्धभुमीको नीति कार्यक्रम सार्वजनिक

शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। 

नगरपालिकाको १३ औं नगर सभाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. १ अर्ब १८ करोड २२ लाख २७ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरी सोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको अनुमानित बजेट सार्वजनिक गरेको हो। गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पुर्वाधारहरुको निर्माणद्धारा समृद्ध बुद्धभूमि र सुखी बुद्धभूमि भन्ने मूल नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो। 

सभामा मेयर केशव कुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नगरका गौरवका योजना तथा अधुरा योजना, सामाजिक आर्थिक तथा पूर्वाधार निर्माणसंगै गुणस्तरीयतामा बृद्धि, कृषि तथा पशु विकासको आधुनिकीकरण प्रविधि मैत्री गुणस्तरीय सेवा आत्मनिर्भर र उद्यमशीलतामा जोड र सरोकारवालासंग फराकिलो साझेदारीलाई प्राथमिकतामा राखिएको मेयर श्रेष्ठले बताए। नगरपालिकाले भौतिक पूर्वाधार विकास समिति तर्फ २३ करोड (४९.७ प्रतिशत), आर्थिक विकास समिति तर्फ रु १ करोड १९ लाख ५ हजार ४.७ प्रतिशत), सामाजिक विकास समिति तर्फ रु ७ करोड ३० लाख (१५.८ प्रतिशत), बन वातावरण तथा विपद् व्यवस्थापन समिति तर्फ रु १ करोड ४६ लाख ६८ हजार ( ३.२ प्रतिशत) बजेट नगरपालिकाका उप प्रमुख मीरा थारुले सार्वजनिक गरिन। 

नीति तथा कार्यक्रममा उत्पादकत्व अभिवृद्धि गर्ने, आन्तरिक रोजगारी प्रवद्र्धन र श्रमको सम्मानमा जोड दिने महत्त्वपूर्ण योजना सार्वजनिक गरिएको हो।त्यस्तै विपद्को सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधारमा जोड दिने, सामाजिक सुरक्षा तथा संरक्षणको प्रत्याभूति दिलाउने, नगर गौरवका योजना, अधुरा तथा निरन्तर योजनालाई प्राथमिकता दिने, सुशासन अभिवृद्धि गर्ने र समन्वय तथा साझेदारी प्रवद्र्धन गर्ने उद्देश्य सहित नीति तथा कार्यक्रम सार्वजनिक भएका छन्। 

सभामा ३ वटा विधेयक समेत पारित गरिएका छन। बुद्धभूमि नगरपालिकाको विनियोजन ऐन २०८०, बुद्धभूमि नगरपालिकाको आर्थिक ऐन २०८०, बुद्धभूमि नगरपालिकाको दररेट ऐन २०८० नगर सभाबाट पारित भएको हो। नीति तथा कार्यक्रममा आधा दर्जनले बिभिन्न सुझावहरू दिएका थिए। यस्तै सो अवसरमा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास आचार्य वडा नम्बर १ का अध्यक्ष तिलक बस्नेतले बजेट र कार्यक्रमको सही कार्यान्वयन हुनु पर्नेमा जोड दिए। 

प्रकाशित: ८ असार २०८० १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App