७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल लाइफद्वारा ६ हजार बढी अभिकर्ता प्रशिक्षित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सातवटै प्रदेशमा अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले कोसी प्रदेशको विर्तामोड र इटहरी, मधेश प्रदेशको वीरगञ्ज र मिर्चैया, बागमती प्रदेशको नारायणघाट, भक्तपुर र काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको टीकापुर र अत्तरिया गरी कुल १३ वटा स्थानमा कार्यक्रमको आयोजना गरी ६ हजारभन्दा बढी अभिकर्तालाई तालिम प्रदान गरेको हो। यसका साथै कम्पनीले हरेक शाखा उपशाखाबाट उत्कृष्ट व्यवसाय गर्ने करिब हजार जना अभिकर्ताहरूलाई सम्मान गरेको जनाएको छ।

अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रमहरूमा उपस्थित अभिकर्ताहरूलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरूको क्षमताको विकास गर्ने हेतुले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

यस किसिमको कार्यक्रमले बिमा क्षेत्रमा भएका नवीनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक उपयोगी सीपहरूलाई थप निखार्न महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए।

प्रकाशित: २८ जेष्ठ २०८० ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App