१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विलासिता करको विरोधमा सुनचाँदी व्यवसायी

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणामा सुनचाँदी व्यवसायीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यसै क्रममा सुनचाँदी व्यवसायमा आवद्ध नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले उक्त कर लगाउने घोषणा फिर्ता गर्न माग गरेको छ।

तीनवटै महासंघको मंगलबार सम्पन्न विशेष बैठकले सरकारको निर्णय विभेदकारी भएको उल्लेख गर्दै उक्त निर्णय आम सुनचाँदी व्यवसायीको हितविपरीत भएको ठहर गरेको छ। भन्सार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण नेपाली सुनचाँदी व्यवसायमा नकारात्मक असर परेको बताउदै व्यवसायीहरूले यसतर्फ सरकारको ध्यानकर्षण हुनुपर्ने बताएका छन्।

राज्यले विभिन्न वहानामा व्यवसायी र आम उपभोक्तामाथि कर थोपर्ने नीति लिएको विरोधमा व्यवसायीहरूले विलासितामा लगाएको २ प्रतिशत कर खारेज हुनुपर्ने, भन्सार दरमा ५० प्रतिशत वृद्धि गरिएकोमा त्यसलाई पुनरावलोकन गरी सुनचाँदीको आयात खुल्ला गरिनुपर्ने लगायतका ६ बुँदे माग सरकारलाई पेश गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App