२२ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

आइपिओ ‘ओभर सस्क्राइब’, वैदेशिक रोजगारीमा रहेकालाई बाँडफाँट

फाइल तस्वीर

पत्रिका लगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।

 बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्समा आयोजना गरिएको कार्यक्रममा गोलाप्रथाबाट आइपिओ बाँडफाँट गरिएको हो। रिपब्लिक मिडियाको आइपिओमा आकर्षण देखिएर ‘ओभर सस्क्राइब’ भएपछि गोलाप्रथाबाट आइपिओ बाँडफाँट गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो। आइपिओका लागि २० हजार ७९१ जनाको आवेदन आएकामा २० हजार ७८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ।

पत्रिकालगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।

१० देखि ५०० कित्ता आवेदन दिने २० हजार ७८५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने २० देखि ५०० कित्ता आवेदन दिने १६ हजार ५९५ जनाले थप १० कित्ता सेयर पाएका छन्। त्यसैगरी ३० कित्तादेखि ५०० कित्ता आवेदन दिने १२ हजार १११ जनामध्ये ६ हजार १५० जनाले थप १० कित्ता सेयर पाएको कम्पनीले जनाएको छ।

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीको उपस्थितिमा आइपिओ बाँडफाँट गरिएको थियो। आइपिओ बाँडफाँट कार्यक्रममा रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) समृद्धि ज्ञवालीले सञ्चार गृहमा आम नागरिकको अपनत्व बढाउन आइपिओ निष्कासन गरेको बताइन्।

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवालीको उपस्थितिमा आइपिओ बाँडफाँट गरिएको थियो।

अब विदेशमा रहेका नेपालीको पनि कम्पनीमा अपनत्व हुने उनले बताइन्। ‘मिडियाले सबैको भावना समेट्नुपर्छ,’ आइपिओ बाँडफाँट कार्यक्रममा ज्ञवालीले भनिन्, ‘रिपब्लिक मिडिया अब यथार्थमै सर्वसाधारणको पनि कम्पनी भएको छ।’

आइपिओ बाँडफाँट कार्यक्रममा कम्पनी रजिस्ट्रार कार्यालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियिरिङ लिमिटेड लगायत सरोकारवालाको पनि उपस्थिति थियो। सर्वसाधारण लगानीकर्ता लक्ष्मणबहादुर श्रेष्ठले गोलाप्रथाबाट आइपिओ परेका व्यक्तिको नाम छनोट गरेका थिए। मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा मेगा क्यापिटलकी मर्चेन्ट बैंकिङ इन्चार्ज मनीषा दाहालले आइपिओबारे जानकारी गराएकी थिइन्।

प्रकाशित: २५ जेष्ठ २०८० ०१:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App