coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

फाईल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन।  

साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औ स्थापना दिवस दिवसको अवसरमा आज  काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्योगको विकास, बिस्तार र प्रवद्र्धन गरिनु पर्नेमा सरकार दृढ रहेको बताएका हुन।  

उनले  व्यवसायको विकासका लागि आवश्यक नीतिगत सुधारसहित स्वदेशी बजार बिस्तारको साथै अन्तर्राष्ट्रिय बजारको पहुँच  स्थापित गराउनेतर्फ सरकारले आवश्यक पहल गर्ने बताए। मन्त्री रिजालले साना तथा मझौला उद्योगको विकास तथा बिस्तारले स्थानिय स्तरदेखि नै आर्थिक विकास तथा रोजगारीका अवसरहरु प्रदान गरी मुलुकलाई आर्थिक सम्मुनतिको बाटोमा अगाडि बढाउने भएको र यस्ता व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले एक घर एक व्यवसायको सिद्धान्तलाई मुल नारा बनाएर सामान्य नागरिकलाई पनि उत्पादन तथा सेवामा उत्प्रेरित गरेकोमा महासंघको कार्यप्रति सराहना पनि व्यक्त गरे।  

कार्यक्रममा व्यवसायीहरुले साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सामग्री बिक्रीका लागि छुट्टै औद्योगिक ग्रामको व्यवस्था गर्न माग गरेका थिए। महासंघका सहअध्यक्ष इनु पौडेलले आर्थिक क्षेत्रमा आत्मनिर्भर हुनका लागि सरकारले एक घर एक व्यवसायको अभियानलाई जिम्मेवार भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन।

उनले समृृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न व्यवसायीक अग्रगामी नेतृत्व र दीर्घकालिन सोचको आवश्यकता रहेको उल्लेख गरे। व्यवसायको सम्मुन्नत प्रवद्र्धनका लागि एसएमई स्कुल, एसएमई उत्पादन संकलन केन्द्र, एसएमई ग्राम र विभिन्न हब सेन्टर लगायतको स्थापना गर्नुपर्नेमा पनि उनले  जोड दिइन।

उनले आर्थिक मन्दीको मारमा साना तथा मझौला व्यवसाय पनि परेकाले मन्दीको प्रभाव न्युनिकरणका लागि सरकार व्यवसाय र व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन।

साना तथा मझौला व्यवसायमार्फत हरेक घर धुरीमा एक एक जना व्यवसायी निर्माण गर्ने प्रतिवद्धता महासंघले लिएको भएपनि नीतिगत कठिनाई, कच्चा पदार्थको आपूर्ति, व्यवसायीक प्रशिक्षणको कमी तथा बजारीकरणको अभावका कारण अपेक्षित सफलता प्राप्त हुन नसकेको जानकारी दिइन।  

नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष एवं ललितकला प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले साना तथा मझौला व्यवसायीका उत्पादन बिक्रीका लागि छुट्टै औैद्योगिक ग्राम बनाउन सरकारसँग माग गरे। 

व्यवसायीले कच्चा पदार्थ ल्याउनेदेखि आवश्यक जनशक्ति पनि आफैँ खडा गर्ने गरेको उल्ल्ेख गर्दै व्यवसायको विकास र प्रवद्र्धनका लागि सरकारले प्रशिक्षण, सीप, बजारीकरणसँगै सहज कच्चा पदार्थ आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरे।

कार्यक्रममा साना तथा मझौला व्यवसाय प्रवद्र्धनका लागि आ आफ्नो स्थानबाट उत्कृष्ट योगदान पु¥याएका समाजसेवी, व्यवसायी तथा पत्रकारहरुलाई कदर पत्रसहित सम्मान गरिएको थियो। 

प्रकाशित: २४ जेष्ठ २०८० १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App