२८ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच सम्झौता

क्याप्शन

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धन गर्न टिभिसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले हस्ताक्षर गरेका छन्। सम्झौता बैंकले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बीचमा प्रसारण गर्ने भएको छ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात दुबै संस्थाको व्यवसाय बृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता लगायतको कार्यक्रमलाई टेलिभिजन मार्फत नागरिकमा पुर्‍याउन सहयोग पुग्ने बताए। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाहले दुबै सरकारी संस्थाको धेरै अवस्था मिल्ने बताउँदै राष्ट्र र जनताप्रतिको दायित्व पूरा गर्न सहयोग पुग्ने बताए। 

प्रकाशित: २२ जेष्ठ २०८० ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App