७ वैशाख २०८१ शुक्रबार
अर्थ

चितवनमा बस्ने ४१ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर

फाइल तस्वीर

चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।

जिल्लाको कुल जनसंख्यामध्ये २ लाख ८८ हजार ६६३ व्यक्ति अन्य जिल्लाबाट आएर बसोबास गरेको तथ्यांक कार्यालय चितवनले जानकारी दिएको छ। चितवन जिल्लाको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ। त्यसमध्ये ५२.८ प्रतिशत मानिसको जन्म र हालको बसोबास एकै पालिकामा रहेको कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिए।

‘चितवन बसाइँसराइ बढी हुने जिल्लामा पर्दछ। यहाँ बसोबास गरेका व्यक्तिमध्ये ३८.३ प्रतिशत व्यक्ति अन्य जिल्लाबाट आएका हुन्’, भण्डारीले भने, ‘२.६ प्रतिशत मानिसको विदेशमा जन्म भएको छ।’

चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।

चितवनभित्रै पनि बसाइँसराइ गर्नेको संख्या बढ्दो छ। कार्यालयका अनुसार जिल्लाभित्रै एक पालिकाबाट अर्को पालिकामा बसाइँ सर्नेको संख्या ६.३ प्रतिशत रहेको छ। समग्रमा बसोबास गरेको भन्दा फरक गाउँपालिका वा नगरपालिका जन्मस्थान हुने महिलाको संख्या पुरुषको तुलनामा अधिक छ। बिहे गरेर जाने भएकाले पनि यस्तो भएको देखिन्छ। जन्मस्थान रहेको स्थानीय तहमा बसोबास गरेका पुरुष चितवनमा ५७.३ प्रतिशत छन्। महिलाको जनसंख्या ४८.५६ प्रतिशत रहेको भण्डारीले जानकारी दिए।

समग्र देशमा भने जिल्ला बाहिर जन्म भएर अर्को जिल्लामा बसोबास गर्नेको संख्या २२ प्रतिशत रहेको छ। त्यसमध्ये १९.५ प्रतिशत मानिस अन्य जिल्ला र २.५ प्रतिशत मानिस विदेशमा जन्मिएर नेपाल बसोबास गर्न आएका छन्।

एउटै गाउँपालिका वा नगरपालिकामा जन्म र हालको बसोबास एउटै रहेको व्यक्तिको संख्या ६९ प्रतिशत छ। जन्मस्थान रहेको स्थानीय तहमा बसोबास गरेका पुरुष ७८.३ प्रतिशत र महिला ६० प्रतिशत रहेका छन्।

समग्र देशमा भने जिल्ला बाहिर जन्म भएर अर्को जिल्लामा बसोबास गर्नेको संख्या २२ प्रतिशत रहेको छ।

पछिल्लोपटक चितवनमा बसाइँ सरी आउनेमा सबैभन्दा बढी काम र रोजगारका लागि आउने गरेका छन्। अर्को स्थानमा बसाइँ सरी आउनेमध्ये काम र रोजगारका लागि ४१.६३ प्रतिशत छन्। त्यस्तै बिहे गरी आउने ३३.२९ प्रतिशत छन्। व्यापार व्यवसायका कारण ७.०७, अध्ययन तालिम १७.०३, प्राकृतिक प्रकोप ३.७४, कृषि १३.४४ र घर फर्किएका ३ प्रतिशत रहेका छन्। बसाइँसराइ गरी आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.३० प्रतिशत काम र रोजगारका कारण र महिला ३२.५५ प्रतिशत बिहेका कारण बसाइँ सरी आएका छन्।

चितवन जिल्लाको जनसंख्या वृद्धिदर उच्च रहेको छ। ३४ जिल्लाको जनसंख्या वृद्धिदर माइनसमा रहँदा चितवन जिल्लाको जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ। सरकारले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजामा चितवनका जनसंख्या ७ लाख १९ हजार ८५९ रहेको छ।

पछिल्लोपटक चितवनमा बसाइँ सरी आउनेमा सबैभन्दा बढी काम र रोजगारका लागि आउने गरेका छन्।

यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो। जनसंख्या वृद्धिदर बढी हुने जिल्लामध्ये चितवन तेस्रो स्थानमा छ। चितवनमा १ लाख ७९ हजार ३४५ परिवार संख्या छ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर हुने जिल्लामा भक्तपुर रहेको छ। भक्तपुरको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ। त्यस्तै दोस्रोमा रूपन्देहीको २.३ प्रतिशत छ। चौथोमा स्थानमा बाँके रहेको छ। पाँचौं स्थानमा रहेको झापाको १.९७ प्रतिशतले जनसंख्या बढेको छ।

सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकामध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा छ।  

प्रकाशित: १६ जेष्ठ २०८० ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App