coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डेढ अर्ब लगानीमा लुम्बिनी केबलकार

लुम्बिनीमा करिब डेढ अर्ब लगानी गरी केबलकार निर्माण सम्पन्न भएको छ। आइएमई ग्रुपको लगानीमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरसम्म केवलकार निर्माण गरिएको छ। केबलकारको दूरी ३ किलोमिटर रहेको छ।

केबलकार निर्माण सम्पन्न भएपछि सोमबारबाट औपचारिक रूपमा सञ्चालन गर्ने तयारी छ। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेको छ। बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ।

गर्मी ठाउँबाट आएका पर्यटकलाई नौ सय ४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ। पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउने छन्।

केबलकार निर्माण सम्पन्न भएपछि सोमबारबाट औपचारिक रूपमा सञ्चालन गर्ने तयारी छ। मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।

भारतको बोर्डरबाट तीस मिनेटमा बुटवल आउन सकिन्छ। गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने विश्वास लिएको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। चन्द्रागिरि केवलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर टप स्टेसनमा पुगेपछि दुर्गा माताको मन्दिरमा दर्शन गर्न पाइनेछ।

केवलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भएर निर्माण गरिएको हो। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्ने भएको छ।

आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ। लुम्बिनीको यो परियोजनामा आइएमई समूहले केबलकार र रिसोर्टसहित कुल लागत ५ अर्ब रूपैयाँ रहेको छ। पहिलो चरणमा केवलकारमा डेढ अर्ब लगानी गरेको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन्।

भारतको बोर्डरबाट तीस मिनेटमा बुटवल आउन सकिन्छ। गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने विश्वास लिएको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायतका संरचना निर्माण हुने केवलकारका आयोजना प्रमुख गोकुल साउदले बताए।

आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको छ। भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए। सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रूपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरू आउने गौतमले बताए।

कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पीपल, ढुंगे धारा, पोखरी आदि संरचनाको निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केवलकारका इन्जिनियर सन्नी चौरसियाले बताए।

आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन हुनु पूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष ढकालले आक्रामक रूपमा केवलकार परियोजना विस्तार कार्य अघि बढाएका छन्। चन्द्रागिरि केवलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार र गैंडाकोटमा मौलाकालिका केबलकार निर्माण गरेको छ। ढकालले मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केवलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमासमेत लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष ढकालले आक्रामक रूपमा केवलकार परियोजना विस्तार कार्य अघि बढाएका छन्।

व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोड्ने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। खासगरी भारतीय र लुम्बिनी आउने विश्वका अन्य पर्यटकलाई लक्ष्य गरेर लुम्बिनीमा केबलकार निर्माण गरेको ढकालले बताए। औद्योगिक नगरी बुटवल, भैरहवालगायत त्यस आसपासका क्षेत्रमा जनघनत्व बढेकाले आन्तरिक पर्यटकलाई पनि लक्षित गरिएको छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App